• बैशाख २६ २०८३, शनिबार

तलब भत्ता र सेवा सुविधाका लागि संसदको कार्यकाल बढाइदै, एमालेले जनायो आपत्ति

भाद्र १९ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने गरी विधेयक दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो ।

‘… प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’, दर्ता गरिएको विधेयकमा भनिएको छ । यसअघि निर्वाचन घोषणा भएपछि संसद भंग भएको मानिन्थ्यो । तर, सरकारले आफू अनुकुल व्याख्या गर्दै संसदको कार्यकाल प्रतिनिधि सभाको नयाँ निर्वाचन भई नआएसम्म रहने गरी एन संसोधन गर्न विद्येयक दर्ता भएको हो । निर्वाचन मंसिर ४ गतेका लागि तोकिएको छ। त्यसका लागि निर्वाचन कार्यक्रम पनि सार्वजनिक भइसकेको छ।

संसद कायमै राख्ने र सांसदहरुले सेवासुविधा र भत्ता पाउने गरी प्रदेश सभाको हकमा पनि सोही व्यवस्था गर्न लागेको हो । यता संसदको कार्यकाल बढाउन लागेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कुनै पनि हालतमा संसदको आयु बढाउने कार्य स्वीकार्न नसकिने बताए।

यसले दुईथरि सांसद हुनेभन्दा त्यस्तो परिकल्पना गर्न नसकिने बताए। उनले भने, ‘यो प्रस्तावअनुसार मंसिर ४ पछि दुईथरि सांसद हुन्छन्। एउटा जितेको र एउटा पुरानो। एमालेले कुनै पनि रुपमा यसमा सम्झौता गर्दैन, कडा प्रतिवाद गर्छ।’