• मंसिर १३ २०८१, बिहीबार

चिकित्सा क्षेत्रका १५ जना चिकित्सकलाई राष्ट्रपति भण्डारीको विशेष सम्मान

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा क्षेत्रका १५ जना चिकित्सकलाई सम्मान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रम आयोजना गरेर उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरण योग्य काम गरेका १५ जना चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।

नेपाल चिकित्सक संघले गत वर्षदेखि महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल अवार्ड’ दिन सुरु गरेको थियो । संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।

‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह छन् भने ‘वुमन इन मेडिसिन लाइफटाइम’ अवार्ड पाउने विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सक छन्।