काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदललाई निर्देशन दिएका छन् ।
सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको काँग्रेसले ८६ सिटमा चित्त बुझाउदै सो निर्देशन दिएको स्रोतले बताएको छ ।
साथै काँग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताले बताए ।
“हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।