काठमाडौं । २०६४ को संविधानसभा चुनावमा जिउँदो मानिसलाई इँटाभट्टामा हालेर निर्मम हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको नाम नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरिएको छ ।
कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ । आलम हाल अदालतको आदेशमा पुर्पपक्षका लागि नख्खु कारागारमा छन् ।