काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग महाअभियोग समितिले प्रश्न सोध्दा जवाफ दिनुभन्दा आरोप लगाउन तल्लिन देखिएपछि आजको सोधपुछ स्थगित भएको छ ।
नेपाली कांग्रेसका सचेतक समेत रहेका समिति सदस्य मीन विश्वकर्माले राणाले जवाफ दिने क्रममा बुधबारको बैठकमा अरुलाई आरोप लगाए पनि बिहिबारको बैठकमा समिमिमाथि नै खनिएको बताए। ‘राणाले संसद र समितिमाथि नै प्रश्न गरे, सोधेका प्रश्नको जवाफ दिएनन्,’ विश्वकर्माले भने।
बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा राणाले उनीसँग सोधिएको प्रश्नको जवाफ दिनुभन्दा पनि समितिमाथि नै आरोप लगाएका थिए। विवाद बढेपछि अब अर्को बैठक भदौ १९ गते बस्ने गरी बिहिबारको बैठकबीचैमा स्थगित गरिएको छ ।