• मंसिर १५ २०८१, शनिबार

सहकारी ठगि प्रकरण: ईच्छाराज तामाङले साढे ५ अर्ब गैरकानुनी आर्जन गरेको ठहर

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।

विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए । सहकारी ठगी प्रकरणमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि पक्राउ गरिसकेको छ १२ जनाविरुद्ध उजुरी परेकोमा गत महिना मात्रै शाक्य पक्राउ परेकी हुन् । इच्छाराजले सहकारी रकम ठगि गर्दा २२ भन्दा बढी डमी कम्पनी ठगि गरेको सीआईबीले गरेको अनुसन्धानबाट खुलेको थियो ।

सीआईबीले असोज १९ गते एक विज्ञप्ति जारी गर्दै तामाङसहित सहकारी संस्थाको तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने गरी १२ जनालाई पक्राउ गरेको थियो ।