• जेष्ठ ३ २०८३, आईतवार

सिन्धुपाल्चोकमा खोलाले बगाएर एक जनाको मृत्यु

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन्। मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।