• बैशाख २६ २०८३, शनिबार

कैलालीका सांसद रतन थापा लगायतले छोडे एमाले

भाद्र १६ २०७९, बिहीबार

धनगढी । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

उन्मुक्ति पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।