• बैशाख २६ २०८३, शनिबार

चुनाव लड्न कास्की १ बाट गगन थापाले दिए आवेदन

भाद्र १५ २०७९, बुधबार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।

उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।

यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् ।