काठमाडौं । आज हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् ।
आज साँझ सो मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् ।
राष्ट्रपति भण्डारीलाई त्यहाँ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।