• बैशाख २६ २०८३, शनिबार

सामाजिक सञ्जालमार्फत् मेरो बेइज्जत गरियो, अब मुद्दा हाल्छु : महेश बस्नेत

भाद्र १४ २०७९, मंगलवार

काठमाडौं । एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका उजुरी दिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ ।

भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए ।

त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।