• श्रावण १० २०८३, आईतवार

के भारतले चिनियाँ स्मार्ट मोबाइलमाथि प्रतिबन्ध लगाउन खोजेको हो ?

भाद्र १४ २०७९, मंगलवार

काठमाडौं । भारतमा १२ हजार भारु भन्दा कम मूल्यका चिनियाँ स्मार्टफोनमाथि रोक लगाउने समाचारप्रति त्यहाँका केन्द्रीय मन्त्रीले स्पष्टीकरण दिएका छन् ।

केन्द्रीय सूचना एवं प्रौद्योगिकी राज्यमन्त्री चन्द्रशेखरले सरकारले चिनियाँ मोबाइल कम्पनीहरूलाई उनीहरुको निर्यात बढाउन बताएको जिकिर गर्दै ती कम्पनीको १२ हजारभन्दा कम मूल्यको स्मार्टफोनमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका हुन् ।

केही दिन अघि ब्यूमबर्गले आफ्नो एक रिपोर्टमा भारतले स्वदेशी कम्पनीहरूलाई बढावा दिनका लागि सस्ता चिनियाँ स्मार्टफोनमाथि प्रतिबन्ध लगाउन सक्ने दाबी गरेको थियो । हाल भारतीय स्मार्टफोन बजारमा चिनियाँ कम्पनीको दबदबा रहेको छ ।

चिनियाँ मोबाइल निर्माता कम्पनीमाथि कर छलीको मामिलामा आयकर विभागले अनुसन्धान गरिरहेको समयमा यो समाचार बाहिर आएको थियो । यी कम्पनीहरुमा ओप्पो र शाओमीजस्ता ब्राण्डहरु रहेका छन् ।

समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै राज्यमन्त्री चन्द्रशेखरले भने, ‘हाम्रो मन्त्रालयमा यस्तो कुनै प्रस्ताव आएको छैन । भारतीय कम्पनीहरूलाई स्थान दिइएको छ तर यो विदेशी ब्रान्डलाई बाहिर गर्नका लागि होइन ।’ बीबीसी