काठमाडौं । रुपेन्देहीमा आफ्नै बुवाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या अभियोगमा रुपन्देही देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय छोरा दिपक पक्राउ परेका छन् ।
आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेमप्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।