काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवा अबरुद्ध भएको छ । एनसेलको मोबाइल सेवाबाट नेटवर्कभित्र र बाहिर पनि फोन नलाग्ने समस्या देखिएको छ ।
सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन । नेटवर्कको समस्याका बारेमा कम्पनीले समेत कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।