• जेष्ठ ३ २०८३, आईतवार

२० औँ पटक अनसनमा बस्दै डा‍‍. गोबिन्द केसी

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो पछिल्लो २० औ सत्याग्रह तथा समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएका छन्। केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दैछन्।

स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा केसीले पाँच बुँदे माग अघि सारेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ ।