काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ । गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि विवाद देखिएको हो ।
आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा नेविसंघले हुलहुज्जत गरेपछि अनेरास्ववियुको विद्यार्थीसँग झडप भएको हो । झडपमा परेर दुई विद्यार्थी र एक प्रहरी निरिक्षक घाइते भएका छन् ।