काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिमाना हुने भएको छ । हाल पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ।
सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।
गर्भगृहको तस्बिर खिचेमा दुई हजार एकसय रुपैयाँ, मुख्य मन्दिरको तस्बीर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिमाना गर्न लागिएको हो ।