• जेष्ठ ३ २०८३, आईतवार

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन्।

शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि स्वास्थ्यमन्त्री खापुङलाई वीर अस्पतालमा भर्ना गरिएको हो।

खापुङको सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘मेनियर्स डिजिज’को शंका लागेकाले एमआरआई गरिरहेको वीर अस्पतालले जनाएको छ ।