• जेष्ठ ५ २०८२, आईतवार

सस्तो लोकप्रियतामा सरकारी नीति विपरित काम गर्दै प्रदेश सांसद सिंखडा

भाद्र १० २०७९, शुक्रबार
सन्तोष सिलवाल

प्रदेश संसद जगत सिंखडाले निर्वाचन नजिकिदै गर्दा जनताको भोट पाउन भ्रमको खेति गर्न थालेका छन् । संघीय सांसदले एक योजना छनोट गरी सिफारिस गर्ने र सरकारले निर्णय गरी बजेट कार्यक्रम गाउँपालिका वडा नं ६ को योजना भन्दै प्रदेश सांसद जगत सिंखडाले शिलान्यास गरेका छन् ।

धादिङ-२ का संघीय सांसद खेम प्रसाद लोहनीले आगिन्चोक, सल्यान्कोट, मुलपानी, फुलखर्क, गुम्दि, रि, लापाका जनतालाई यातायात सेवा दिने उदेश्य राखी “एक निर्वाचन क्षेत्र एक निर्वाचन सडक” योजना अन्तर्गत आर्थिक वर्ष ७९/८० को वार्षिक कार्यक्रमको निर्वाचन क्षेत्र रणनीतिक सडक क्रम संख्या ६३ कम्पोनेन् ६३ को “सिमवेसी- गोलाङ- आगिन्चोक- बेलुभञ्ज्याङ- फुलखर्क गुम्दि- रि- लामा” सडक योजना राखिएको थियो । सोहि प्रक्रिया बमोजिम निर्णय भइ कार्यन्व्यन भइरहेको यो योजना ४० करोडको छ र तीन बर्ष भित्र सम्पन्न हुनेछ ।

आम निर्वाचन घोषणा भइ सकेको अवस्थामा कुनै पनि योजना शिलान्यास तथा उद्घाटन गर्न नहुने सरकारी नीति  र आदेश विपरित संघिय सरकार सडक डिभिजन कार्यालयको स्विकृत र उपस्थित वेगर अनाधिकृत संस्थाको हवाला दिदै माओवादी नेता जगत सिंखडाले शिलान्यास गरे।

अनाधिकृत व्यक्ति सिंखडाले शिलान्यास गर्नु अराजकता, उत्ताउलो र लाजमर्दो विषय हो। निर्वाचनलाई ध्यानमा राखेर सस्तो लोकप्रियताका लागि गरिएको यो कामको सर्वत्र विरोध भएको छ।