• माघ १८ २०८१, शुक्रबार

गोपाल गौरी दीगो विकास प्रतिष्ठानको साधारण सभा सम्पन्न (भिडियो सहित)

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं । काठमाडौंमा कृयाशील गोपाल गौरी दीगो विकास प्रतिष्ठानको पाचौं साधारण सभा सम्पन्न भएको छ । २०७४ सालमा दर्ता भएको सो संस्था नाफारहीत संस्था हो ।

यो संस्थाले समाजका विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । यो संस्थाले एकल महिला तथा पुरुषहरुलाई सीप सिकाउने काम पनि गर्दै आएको छ । यस अन्तरगत सो संस्थाले ढाकाको कपडा बुन्ने, सिलाई, कटाई तथा बुनाईका साथै हस्तकलाबाट बनाइने सामान उत्पादन गर्नुका साथै समस्या तथा पीडामा परेका महिलाहरुका लागि बोल्ने, उद्धार गर्ने लगायतका कामहरु पनि गर्दै आएको छ ।

सो संस्थाको साधारणसभामा बोल्दै संस्थाकी अध्यक्ष इन्दीरा गौतमले आफूहरुको संस्थामार्फत् भएका कामहरुले राज्यलाई पनि सघाएको विचार व्यक्त गरीन् । समाज कल्याण परिषदमा समेत दर्ता भई सामाजिक कार्यहरु गर्दै आएको सो संस्थाको हाल ९ जनाको कार्यसमिति रहेको छ ।

साधारण सभामा अध्यक्ष गौतमले ४० लाखको वार्षिक प्रगती विवरण तथा प्रतिवेदन पेश गरीन् । कार्यक्रममा आगामी दिनहरुमा पनि सामाजिक कार्यका लागि चाहिने आर्थिकका लागि धेरै ठाउँहरुमा प्रस्ताव पेश गरिएको पनि जानकारी दिइयो ।

कार्यक्रममा वृद्धवृद्धाहरुलाई प्रमाणपत्रका साथ सम्मान पनि गरिएको थियो ।

यो संस्थाले आमाबुवा नभएका बालबालिकाहरुलाई उद्धार गरी पढाई तथा लेखाइमा आर्थिक सहयोग गर्ने, कपडा तथा खाना उपलब्ध गराउने, जेष्ठ नागरिकहरुलाई पनि सहायता प्रदान गर्ने गर्दै आएको छ ।

सो अवसरमा सम्मान तथा तीज कार्यक्रम पनि आयोजना गरिएकोले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबै महिला दिदीबहिनीहरुलाई कोरोना महामारीबाट बच्दै र स्वस्थ्य रहँदै तीज मनाउन आग्रह गरीन् ।

सो अवसरमा संस्थाका पदाधिकारीहरु तथा जनप्रतिनिधिले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा तीज कार्यक्रम पनि गरिएको थियो । सो अवसरमा खानपिन र नाचगान गरी रमाइलो गरिएको थियो ।

तस्वीर तथा दृश्य : रोमन बुढामगर ।