काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धरान पुगेर वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् ।
केही दिनअघि धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौं आएर दाहाललाई धरान आउन निम्ता दिएपछि दाहाल त्यहाँ पुगेर वृक्षारोपण गरेका हुुन् । दाहालले धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवी टुहुरेको स्मृतिमा वृक्षरोपण कार्यक्रममा आफू सहभागी भएको जानकारी समाजिक सञ्जालमार्फत् दिएका छन् ।
मेयरमा निर्वाचित भएसँगै जनतासँगै विकास तथा निर्माणको काममा निरन्तर लागिरहेका हर्कले देशभरका जनप्रतिनिधि तथा पार्टीका नेताहरुलाई धरानमा आएर आफूहरुले गरेको कामहरु हेर्न निम्ता दिइरहेका छन् । जनातासित जनताकै काममा दैनिक लागिरहेका राई यसैकारणले चर्चामा छन् ।