• जेष्ठ ३ २०८३, आईतवार

बालेन एक्सनमा: नक्सा पास नभएका संरचना हटाउन बानेश्वर पुगेर दिए निर्देशन

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज बानेश्वर आसपासको क्षेत्रमा पुगेर नक्सा पास नभएका संरचना हटाउन निर्देशन दिएका छन् ।

पछिल्लो समय घर बनाउदा पार्किङको लागि भनेर नक्सा पास भएको तर अन्य प्रयोजनमा प्रयोग भएका स्थानहरु खाली गर्न उनी आफै सक्रिए भएर लागेका छन् ।

काठमाडौं महानगरपालिकाले केही दिन पहिले ३५ दिने सूचना जारी गर्दै पार्किङको लागि भनेर स्वीकृति लिएको स्थान खाली गर्न भनेको थियो। ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन्।