• बैशाख २६ २०८३, शनिबार

प्रम देउवा र केपी ओलीबिच बालुवाटारमा भेटवार्ता

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ ।

एमालेले सरकारले प्रतिपक्षसँग सल्लाह नगरी विभिन्न कानुनहरु निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।