काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज पाण्डे ५ दिने नेपाल भ्रमणमा आउने भएका छन् । १९ भदौमा सेना प्रमुख पाण्डे काठमाडौं आउने भएका हुन् ।
पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौँका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने भनिएको छ ।
नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एक-अर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । त्यसैका लागि उनी काठमाडौँ आउन लागेको र पाण्डेको नेपाल भ्रमण पाँच दिनको हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
दुई मुलुकका सेना प्रमुखबीच महारथीको सम्मान दिने चलनले दुई देशका सैनिकबीच घनिष्ठ सम्बन्ध रहेको देखाउने सैन्य मामलाका जानकारहरू बताउँछन् ।