काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन असफल भएको छ ।
मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि अन्तिम टुंगो लगाउन असफल भएको हो । ९ भदौमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले बिहिबार पुन: बस्नेगरी टुंगिएको हो ।