काठमाडौं । दाङको घोराहीमा एक टिपरका चालक र सहचालकले आफूहरूले चलाउँदै आएको टिपरमा आगजनी गरेको खुलेको छ ।
मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरुमा बन्दकर्ताले नै उक्त टिपरमा आगजनी गरेको अनुमान गरिएको थियो। तर, प्रहरीले अनुसन्धान गर्ने क्रममा टिपरका चालक र सहचालक नै आगजनीमा संलग्न रहेको खुलेको छ।
घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो।
प्रहरीले टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका ३२ वर्षीय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका–७, चन्दनपुरका १७ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ।