काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि सरेको छ ।
पार्टीको विभिन्न बैठक भएका एमालले औपचारिक रुपमा सभामुखलाई जानकारी गराएर बैठक सार्न भनेको हो । नेकपा एमालेको भदौ ९ गतेदेखि पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ।
उक्त बैठकहरुमा सहभागी हुनुपर्ने भएकाले आफ्ना सांसदहरु उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराइएको थियो। सभामुख सापकोटाले प्रमुख प्रतिपक्षको आग्रहपछि बैठक एक सातापछि राखेका हुन्।