• बैशाख २६ २०८३, शनिबार

विप्लव नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कोइराला

भाद्र ६ २०७९, सोमबार

काठमाडाैं ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री कोइरालाले सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाको वार्ता टोलीले सरकारसँग विसं २०७७ फागुन २० गते सम्झौता गरेको र त्यस अनुसार अहिलेसम्म पाँच सय २३ वटा मुद्दा फर्स्याेट भइसकेको जानकारी दिए  ।   नेकपामाथि ६ सय १० वटा मुद्दा लागेको जानकारी दिँदै मन्त्री कोइरालाले अहिले ८७ वटा मुद्दा फर्स्याेटकाे क्रममा रहेको समेत बताए ।