• मंसिर १५ २०८१, शनिबार

आइएमई पे र दराजबीच सम्झौता

भाद्र ५ २०७९, आईतवार

काठमाडौँ भदौ ५, । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत् भुक्तानी गर्दा १०% छुटको रिडिम भउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु.३५० सम्मको) पाइने रिडिम भउचर दराजको होम पेजमा प्रदान गरिनेछ । यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

दराजको बारेमा :
नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकहरुमा स्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम सपिङ एक्स्पिरियन्स प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चादेखि बुढाबुढीसम्मलाई हुने घरायसी समानदेखि लिएर लुगाफाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको समानसम्म सबै किनमेल गर्न सक्छन् ।

आइएमई पे

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत् सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।