• बैशाख २६ २०८३, शनिबार

कांग्रेस नेता प्रदीप गिरिको निधन

भाद्र ४ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु हुन्छ ।’

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।