काठमाडौं । नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिको भातृ संस्था म्याग्दी-काठमाडौँ सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । टंक बुढाथोकी मगरको अध्यक्षता, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यता र केन्द्रीय सहअध्यक्ष गङ्गा थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सम्पर्क समन्वय केन्द्रीय समितिका महासचिव झबिन्द्र पुनमगर कार्यक्रमका विशेष अतिथि, संचार सचिव र केन्द्रीय सदस्य झलक थापामगर तथा ओखलढुंगा-काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रोशन पुलामीमगर कार्यक्रमको अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा संगठन बारे महासचिव झबिन्द्र पुनमगरले शुभकामना मन्तव्य सहित आफ्नो भनाइ राखेका थिए । त्यसैगरि केन्द्रिय सहअध्यक्षले पनि मगर संघ र मगर जातिको पहिचान बारे आफ्नो भनाइ सहित शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तै मगर संघका ज्ञानेन्द्र पुनमगरले मगर जात, भाषा र संस्कारको साथै मगरहरुलाई कसरी समुन्नत बनाउने भन्ने योजना बारे आफ्नो भनाइ राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । कार्यक्रम बागलुङ-काठमाडौँ सम्पर्क समितिका अध्यक्षले संचालन गरेका थिए भने स.स.के.स.को महासचिवको संयोजकत्वमा बनाइएको चार सदस्यीय निर्वाचन मण्डलले टंक बुढाथोकीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भयो ।