• बैशाख २६ २०८३, शनिबार

एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक-पटक दिनु हुदैँन : विश्वप्रकाश शर्मा

भाद्र ४ २०७९, शनिबार

काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक-पटक दिनु नहुने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक-पटक दिन नहुने तर्क गरेका हुन् ।  एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका छन् ।