काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा विभिन्न देशले किन्दै आएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालसँग विभिन्न ११ देशले ५ सय ३ किलो यार्चागुम्बा ३० करोड ९२ लाख २३ हजार रुपैयाँमा किनेका छन् । नेपालले यार्चागुम्बा बिक्री गरी झन्डै ११ करोड रुपैयाँ बढी आम्दानी गरेको छ ।
कुन देशले कति लगे ?
नेपालसँग सबैभन्दा धेरै यार्चागुम्बा किन्ने देश हो कम्बोडिया ।
कम्बोडियाले गत वर्ष नेपालबाट ३ सय १८ किलो यार्चागुम्बा २० करोड ६९ लाख ४३ हजार रुपैयाँमा किनेको छ ।
भियतनामले ७१ किलो- ३ करोड २४ लाख ८१ हजार रुपैयाँमा
हङकङले ६९ किलो- ३ करोड ९४ लाख ९१ हजार रुपैयाँमा
कोरियाले १० किलो- ६७ लाख १५ हजार रुपैयाँमा
बेलायतले ५९ लाख ८६ हजारमा १० किलो
सिंगापुरले ९९ लाख ४६ हजार रुपैयाँमा ११ किलो
फ्रान्सले ६३ लाख ७८ हजार रुपैयाँमा ११ किलो यार्चागुम्बा किनेको छ ।
रुसले ६ लाख ५६ हजार रुपैयाँमा १ किलो
युक्रेनले १ लाख ९३ हजार रुपैयाँमा १ किलो
अमेरिकाले ४ लाख २१ हजारमा १ किलो
थाइल्याण्डले जम्मा २४ हजार रुपैयाँको यार्चागुम्बा किनेका छन् ।
यो के मा उपयोग हुन्छ ?
यार्चागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । यसबाहेक अन्य औषधिमा पनि यार्चागुम्बाको प्रयोग गरिन्छ ।