• बैशाख २६ २०८३, शनिबार

पर्वतारोहीहरूलाई प्रधानमन्त्री देउवाको सम्मान

भाद्र ४ २०७९, शनिबार

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन् ।

आज बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गरेको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए ।

कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलोपटक महिला आरोहीको कीर्तिमान कायम गरेका छन् ।