• जेष्ठ ३ २०८३, आईतवार

नेकपा (बहुमत) सिन्धुपाल्चोकले दियो भित्ते लेखनमा तिब्रता

भाद्र ४ २०७९, शनिबार

नकुल चौलागाईं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सिन्धुपाल्चोक जिल्लाले भित्ते लेखन अभियानलाई तिब्रता दिएको छ ।

सो पार्टीका जिल्ला इन्चार्ज र जिल्ला संयोजकको उपस्थितिमा जिल्लाको गुफाडाँडा, गैरीघ्याङ, लहरे माने, इन्द्रावती गाउँपालिकाको नवलपुर बजार लगायत विभिन्न ठाउँमा नाराहरु लेख्दै आफ्नो पार्टीको दुई महिने जनजागरण तथा संगठन विस्तार अभियानलाई तिब्रता दिइएको जिल्ला इन्चार्ज विनयराज शर्माले जानकारी दिए ।

भित्ते लेखनका क्रममा उनीहरुले स्वाधीन संयुक्त सरकार गठन गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गरौं । ब्यक्ति हैन, सत्ता बदलौं, सुधार हैन आमूल परिवर्तन गरौँ जस्ता नारा लेखिएका छन् ।

जनजागरण तथा संगठन विस्तार अभियानमा सो पार्टीका सेल कमिटी र जवस मोर्चाका विभिन्न स्तरका समितिहरु पनि गठन गरिएको बताएको छ ।