नयाँ दिल्ली । भारतमा दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपीराइट उल्लङ्घनसँग जोडिएको छ ।
फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधीश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो । भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपी राइट उल्लंघन गरेको दाबी गरेका छन् ।
अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३ बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।