काठमाडौं । काठमाडौंको माछापोखरीमा ग्यारेजमा पार्किङ गरेर राखेको बसमा आगलागी भएको छ ।
गएराति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ।