• बैशाख २६ २०८३, शनिबार

नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउने गृृहमन्त्री खाँणको दाबी

भाद्र ३ २०७९, शुक्रबार

काठमाडौं । गृृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउने दाबी गरेका छन् ।

आज शुक्रबार काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने उल्लेख गरे । उनले २०७२ मा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको स्पष्ट पारे ।

“नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन, अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो”, गृहमन्त्री खाँणले भने ।