काठमाडौं । चेक बाउन्स मुद्दामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली काँग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का सभापति उद्धवबहादुर खड्कालाई गोठाटारबाट नियन्त्रणमा लिएको हो ।
सभापति खड्काविरूद्ध पुरुषोत्तम पाण्डेले चेक बाउन्स मुद्दामा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
खड्काले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार नतिरी उल्टै धम्काउँदै हिँडेकाले पक्राउ गरिएको बताइएको छ ।
प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।