• बैशाख २६ २०८३, शनिबार

पदाधिकारी टुङ्गो नलगाई सकियो माओवादी बैठक

भाद्र ३ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पदाधिकारीको टुंगो नलगाइ सकिएको छ । आज बसेको बैठकले पदाधिकारी छनोट यथावत राखेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आज नेताहरुको कार्यव्यस्थताका कारण छनोट हुन नसकेको बताए । उनका अनुसार भोलि दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्यालगायत विषय भोलि नै टुंगो लगाउने उनले बताए ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् ।