• बैशाख २६ २०८३, शनिबार

एकीकृत समाजवादी जिल्ला कमिटीको काठमाडौंमा भेला हुँदै

भाद्र २ २०७९, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको काठमाडौँमा भेला हुने भएको छ ।

यही भदौ ४ गते हुने उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचान गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने जनाइएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि चुनाव प्रचारप्रसारको तयारी तथा सम्बन्धित नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारी प्रदान गर्ने विषयमा समेत भेला केन्द्रित हुनेछ ।