• बैशाख २६ २०८३, शनिबार

एमाले अध्यक्ष ओली अचानक किन पुगे झापा ?

भाद्र २ २०७९, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली पूर्वनिर्धारित बिनै झापा पुगेका हुन् ।

सत्ता गठबन्धनले मोर्चाबन्दी गरिरहेका बेला आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि अध्यक्ष ओली आफ्नो गृह जिल्ला पुगेको नेताहरुले बताएका छन् । आउँदो चुनावमा आफ्नो बलियो उपस्थिति बनाउनका लागि उनी यसअघी तीन दिन झापा बसेर फर्केका थिए ।

पाँच वटा पार्टीसहितको सत्तारुढ गठबन्धनले एमाले बिरुद्ध मोर्चाबन्दी गरिरहेका बेला ओली आफ्नो क्षेत्रको जनाधार बुझ्न झापा पुगेका हुन् । त्यसो त यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका एमाले अध्यक्ष ओली यो पटक पुन सोही क्षेत्रबाट विजयी हुन चाहन्छन् । जसका लागि अध्यक्ष ओलीले साना दलको साथ लिन सक्नेछन् ।