• जेष्ठ ३ २०८३, आईतवार

बञ्चरेडाँडाका स्थानीयले आज पनि फोहोर फाल्न रोके

भाद्र २ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर फाल्न आज पनि अबरोध गरेका छन् ।

बुधबार नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर ४ बुँदे सहमति गरेको थियो ।

सहमतिपत्रमा पक्राउ परेका स्थानीयलाई रिहाइ गर्ने माग नसमेटिएपछि फोहोर फाल्न अबरोध भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।