काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धनको बैठक बसिहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि बैठक जारी रहेको छ । पाँच वटा दलबीच कुन पार्टीलाई कति सिट बाँडफाँट हुने भन्ने विषय टुङ्गो लगाउन बैठक बसेको हो । काँग्रेसले १ सय ५६ सिट मध्ये ९० सिट आफूले राखेर बाँकी अन्य दललाई बाँडफाँट गर्ने विषय नमिल्दा बैठक लम्बिएको हो ।
बिहीबारको बैठकमा कार्यदलका संयोजक रहेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालले सिट बाँडफाँटका विषयमा हालसम्म भएको छलफल र छलफलका क्रममा उठेका विषयबारे बैठकलाई ब्रिफिङ गर्ने जनाइएको छ।