• जेष्ठ ३ २०८३, आईतवार

दार्चुला जीप दुर्घटना: मृत्यु भएकाहरुको पहिचान खुल्यो

भाद्र १ २०७९, बुधबार

काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेको प्रहरीले जनाएको छ ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो।

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।