काठमाडौं । उपत्यकाबाट सिसडोल र बञ्चरेडाँडामा फोहोर बोकेर गएको २ सय भन्दाबढी गाडीलाई नुवाकोटका स्थानीयले अबरोध गरेका छन् ।
ठूलो संख्यामा प्रहरी परिचालन गरेर फोहोर फाल्न गएको गाडीलाई तीनपिप्ले,सिसडोल लगायतको ठाउमा अबरोध गरेसँगै सयौ गाडी अलपत्र परेको छ । काठमाडौं महानगरपालिका कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईले आज पनि ठाउँ–ठाउँमा स्थानीयले अवरोध जारी राखेको बताइन् ।