काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ काठमाडौँ आएदेखि राजनीतिक भेटघाटमा व्यस्त छन् ।
उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। उनीहरूबीच धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।
आइतबार काठमाडौँ आएका साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मालाई सिंहदरबारमा भेटवार्ता गरेका थिए।