• जेष्ठ ३ २०८३, आईतवार

निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवक पक्राउ

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौं ।  कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई बलत्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए ।

राजपुतले श्रेष्ठले आफूलाई बलत्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्। केही दिनअघि मात्र राष्ट्रपति भवन शिलत निवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी थिइन् ।

धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै न्याय पाउन पटकपटक आन्दोलन गर्दै आएकी छिन्।