काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकम र सुनसहित दुई जनालाई सोमबार साँझ सर्लाहीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरु:
डोटी शिखर नगरपालिका-७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३१ वर्षीय विशाल खत्री छन् ।
पक्राउ परेको स्थान-
सिरहाको बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रुपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थानसहित पक्राउ परेका हुन् ।
प्रहरी उपरिक्षक प्रविण पोखरेलका अनुसार उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।