• बैशाख २६ २०८३, शनिबार

हँसिया हथौडाबाट चुनाव लड्न तयार बामदेवले माओवादीसँग मागे तीन सिट

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रसँग ३ सिट मागेका छन्। गौतमले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा प्रदेशसभामा २ र प्रतिनिधिसभामा १ सिट मागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा बामदेवले तीन सिट मागेको र हँसिया हथौडाबाट चुनाव लड्न तयार भएको ब्रिफिङ गरेको उनलाई उदृत गर्दै एक नेताले बताए । बामदेवले तीन सिट मागेपनि कुन क्षेत्रमा दिने भन्ने टुङ्गो भने लागिसकेको छैन ।